प्रहार समाचार । तनहुँ, बैशाख १९ । ‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान ‘ भन्ने मूल नाराकासाथ १३५ औँ विश्व मजदुर दिवसको अवसरमा म्याग्दे गाउँपालिका वडा नम्बर २ मा स्थित माछापुछ्रे इटा उद्योगका कामदारका बालबालिकाहरूलाई शैक्षिक सामाग्रीहरू बुधबार बितरण गरिएको छ।

एकीकृत हरित विकास नेपालको आयोजना तथा अम्ब्रेला फाउण्डेशनको सहयोगमा एक कार्यक्रमका बिच २६ जना विद्यालय जाने बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरिएको हो।
फाउण्डेसनले बालबालिकाहरूलाई झोलासहित कपी, कलम, सिसा कलम जोमेट्री बक्स, , पेन्सिल, क्यालकुलेटर, एटलस ,कलर बक्स लगायतका प्रति विद्यार्थी करिब रु २५०० का दरले सामग्री वितरण गरिएको हो। माछापुछ्रे इट्टा उद्योगका उद्योगी हर्क गुरुङको सभापतित्वमा सञ्चालित उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशका महासचिव रामदत्त पौडेल , अम्ब्रेला फाउन्डेसन तथा कार्यका समन्वय कर्ता सुरेश पण्डित , इट्टा उद्योग ट्रेड युनियनका अध्यक्ष कृष्ण थापा, उद्योगका लेखापाल रामबाबु रेग्मी, सुपरभाइजर हेमलाल पौडेल तथा रेशम सिलवाल , एलिना थापा लगायतले आआफ्नो मन्तव्य व्यक्त गरेका थिए।



























