हेडलाईनकोशीसमाचारसुदुर पश्चिम

आज इलाम-२ र बझाङ १ (१) मा उपनिर्वाचन हुँदै  : बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय

प्रहार समाचार । काठमाडौँ, बैशाख १५ ।  रिक्त एक प्रतिनिधि सभा र एक प्रदेश सभा सदस्यको पदपूर्तिका लागि आज इलाम-२ र बझाङ १ (१) मा उपनिर्वाचन हुँदै छ। बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको निर्वाचन आयोगले जनाएको छ । 

मतदातालाई आयोगले निर्धक्क भएर मतदानमा भाग लिन अपिल पनि गरेको छ । उक्त उपनिर्वाचनमा  सहभागी हुन आयोगले अपिल गरेको हो । 

आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र, सवारी चालक अनुमतिपत्रमध्ये कुनै एकको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।

इलाम-२ मा एक लाख १६ हजार आठ सय ८९ मतदाता छन् भने ७९ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र रछन् । इलाममा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १९ उम्मेदवार प्रतिस्पर्धामा छन् ।  बझाङ १ (१) कूल ६१ हजार सात सय ४८ मतदाता छन् भने ७४ मतदानस्थल र ९३ मतदान केन्द्र रहेको आयोगले जनाएको छ । बझाङको उपनिर्वाचनमा १२ उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button