हेडलाईनसमाचारप्रदेशमनोरञ्जन

नेपाली कथानक चलचित्र ‘बोक्सीको घर’ आजबाट रिलिज

प्रहार समाचार । काठमाडौँ, बैशाख १४ । नेपाली कथानक चलचित्र ‘बोक्सीको घर’ आजबाट रिलिज भएको छ । फ्राइडे रिलिजअन्तर्गत आजबाट ‘बोक्सीको घर’प्रदर्शनमा आएको हो ।

 सुलक्षण भारतीको लेखन तथा निर्देशनमा बनेको फिल्ममा अभिनेत्री केकी अधिकारी शीर्ष भूमिकामा छिन् । साथमा सुपला सापकोटा, श्वेच्छा राउत, रमा थपलिया, सुलक्षण भारती, सुष्मा निरौला, सबिन बास्तोला, जीवन बराल लगायतको अभिनय फिल्ममा छ । 

८ वर्षअघि मञ्चन भएको नाटक ‘बोक्सीको घर’मा आधारित रहेर यो फिल्म निर्माण भएको हो । नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शनमा आउने फिल्मलाई अन्तर्राष्ट्रिय फेस्टिभलमा समेत लैजाने योजना केकीको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button