प्रहार समाचार । काठमाडौँ, बैशाख १३ । सहकारी पिडितहरुको समस्या दिन प्रतिदिन बिकराल बन्दै गएपछि समाधानका लागि सरकारले ताकाल कानून व्यवस्था गरी समस्या समाधान गर्ने भएको छ।

बिहीवार बसेको मन्त्रिपरिषद् बैठकमा सहकारी समस्याका बारेमा छलफल भएको हो ।
बैठकले गम्भीर र तत्काल कानून व्यवस्था गरी सहकारी र तिनका कारण वचतकर्ताले व्यहोर्नुपरेको समस्या समाधानको प्रक्रिया शुरू गर्ने निर्णय भएको सूचना तथा सञ्चार प्रविधिमन्त्रीसमेत रहेकी सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
























