प्रहार समाचार । काठमाडौँ, बैशाख ४ । तोयम राय महालेखा परीक्षकमा नियुक्तिका लागि सिफारिसमा परेका छन् । रायको नाम संसदीय समितिबाट आज सर्वसम्मत अनुमोदन भएको हो।संसदीय सुनवाइ समिति सदस्य महेश बर्तौलाले सिंहदरबारमा भएको संसदीय सुनवाइका क्रममा रायको नाम अनुमोदन भएको बताए ।

रायलाई संवैधानिक परिषद्ले गत चैत्र १८ गते महालेखा परीक्षकमा नियुक्तिका लागि सिफारिस गरेको थियो । योसँगै राय राष्ट्रपतिबाट ६ वर्षे कार्यकालका लागि महालेखा परीक्षकमा नियुक्त हुने पक्का भएका छन् ।
को हुन् राय ?
राय निजामति प्रशासन भित्र एमाले क्याडरका रुपमा चिनिन्छ । रायसँग सीडियो, भन्सार बिभागको महानिर्देशकको अनुभव छ । उनले सचिवका रुपमा प्रदेश १ को प्रमुख सचिव, श्रम मन्त्रालयको सचिव, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र बाणिज्य तथा आपूर्ति मन्त्रालयको नेतृत्व गरिसकेका छन् ।




















