हेडलाईनव्याससमाचारगण्डकीनगरपालिका /गाउँपालिकासूचना प्रविधि

सत्यवती माध्यमिक विद्यालयको आयोजनामा क्षमता विकास एवं मन्टेश्वरी तालिम सञ्चालन

प्रहार समाचार । तनहुँ , चैत २६ । तनहुँको व्यास नगरपालिका वडा न २ मा रहेको सत्यवती माध्यमिक विद्यालयको आयोजनामा शनिवारबाट दुई दिने शिक्षकको क्षमता विकास एवं मन्टेश्वरी तालिम सुरु भएको छ।


कार्यक्रमको उद्घाटन गर्दै शिक्षा विकास तथा समन्वय इकाइ तनहुँका प्रमुख उद्दवराज कट्टेलले बदलिंदै शिक्षण क्रियाकलाप प्रति शिक्षकहरु लाग्नु पर्ने बताउँदै तालिममा सिकेको ज्ञान, शिप र क्षमतालाई कक्षाकोठामा प्रयोग गर्न आग्रह गरे ।
व्यास न पा वडा न २ का वडा अध्यक्ष काशीराम श्रेष्ठले शिक्षकहरुले विद्यार्थीहरूलाई पाठ्यपुस्तक बाहिरका ज्ञान सिप र धारणामा समेत शिक्षण गर्नुपर्ने बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं कार्यक्रमका सभापति करुणराज काफ्लेले शिक्षक दक्ष र समय सापेक आफूलाई नयाँ ज्ञान र सिपसंग ढाल्नसक्ने हुनु पर्नेमा जोड दिए ।


विद्यालयका प्रधानाध्यापक पुष्पकला भट्टराईले विद्यालय वरपरका विद्यालयहरुसंग सहकार्यगरि साना बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्ने कुरामा सहकार्य हुने र आर्जित ज्ञानलाई बालबालिकाको सिकाइमा जोडी उपलब्धिमुलक बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको बताईन् ।


इ सि डि मन्टेश्वरी फेसिलिटेटर/ ट्रेनर एवं फोनिक्स मन्टेश्वरी ट्रेनिङ सेन्टर को फाउण्डर/ ट्रेनर रिता घिमिरे तिमल्सिनाद्वारा प्रशिक्षण प्रदान गरिएको तालिममा सत्यवती माध्यमिक विद्यालयका शिक्षकहरु लगायत जिल्लाका २४ विद्यालयका ५१ जना शिक्षकहरुको सहभागिता रहेको विद्यालयका सहायक प्रध्यानाध्यापक अशोक गिरीले बताए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button