प्रहार समाचार । तनहुँ, फागुन ३० बुधवार। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान तनहुँद्वारा दमौलीमा माध्यामिक तह स्तरीय लोकगीत प्रतियोगिता हिंजो सम्पन्न भएको छ । त्यस अवसमा बोल्दै जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्ति रमण वाग्लेले लोक गीत आम नेपालीहरुको जनजिब्रोको बोली भएकाले प्रतियोगिताले विद्यार्थीहरुमा रहेको प्रतिभा तथा सिर्जनशिलताको प्रष्फुटन हुने बताए ।
तनहुँ जिल्लाका १३ वटा सामुदायिक विद्यालयहरुको सहभागी रहेको उक्त प्रतियोगितामा महेन्द्र ज्योति मा.वि. प्रथम , सत्यवती मा.वि द्वितीय , शिव मा.वि. तृतीय र माहेन्द्री मा.वि.सान्त्वना भएका थिए । कार्यक्रममा व्यास नगरपालिकाका उप प्रमुख इन्दिरा दरै, शिक्षा समन्वय इकाईका प्रमुख उद्दवराज कट्टेल, नेपाल शिक्षक महासंघका अध्यक्ष रामचन्द्र पोख्रेल , तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाइका सभापति शुक नारायण मल्ल, व्यास नगरपालिका बोर्ड सदस्य चन्द्र माया परियार , संस्थाका संस्थापक अध्यक्ष बलिराम बि.क. निर्मल मा.वि.का प्र.अ गणेश चन्द्र बस्नेत, प्रतिष्ठानका प्रथम उपाध्यक्ष विश्व बुढा परियार लगायतले लोक सस्कृतिको जगेर्ना गर्नु पर्नेमा जोड दिएका थिए ।

प्रतिष्ठानका अध्यक्ष श्रीराम गन्धर्वको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यकक्रमको सहजीकरण सचिव अनुराग थापाले गरेका थिए भने निर्णायक मण्डलमा विष्णु खड्का क्षेत्री, विष्णु पराजुली र सीता गुरुङ रहेका कार्यक्रम संयोजक शान्ता बास्तोलाले बताइन् । प्रतियोगितामा विजयी छात्र छात्राहरुलाई नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

























