हेडलाईनव्याससमाचारगण्डकीसूचना प्रविधि

तनहुँको निर्मल माविमा भव्य  प्रयोगशाला भवन बन्ने

प्रहार समाचार । तनहुँ, फागुन २५ शुक्रवार । तनहुँ जिल्लाको व्यास नगरपालिका–१ भादगाउँमा रहेको निर्मल माध्यमिक विद्यालयमा प्रयोगशाला भवन बन्ने भएको छ । आज एक कार्यक्रमका बीच व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपानेले भवनको शिलान्यास गरे संङ्गै उक्त प्रयोगशाला भवन बन्ने पक्का भएको हो ।

भवन शिलान्यास कार्यक्रममा बोल्दै नगरप्रमुख न्यौपानेले पछिल्लो समय व्यवहारिक शिक्षातर्फ विद्यार्थीको आर्कषण बढ्दै बताउँदै प्रयोगशाला भवन निर्माणले विद्यार्थीहरुमा अध्यायन र अनुसन्धानका लागि महत्वपूर्ण योगदान पुग्ने बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तमबहादुर दरैले प्रयोशाला अभावमा विद्यार्थीहरुले ठूलो समस्या झेल्नु परेको बताउँदै अब व समस्याको हल हुने बताए  । सामाजिक विकास कार्यालय तनहुँ मार्फत गण्डकी प्रदेश सरकारको विशेष अनुदान सहयोगमा २ करोड ५६ लाख ७४ हजार १ सय २२ रुपैयाको लागतमा  उक्त भवन निर्माण गर्न लागेको विद्यालयका प्रधानाध्यापक गणेशचन्द्र बस्नेतले बताए ।

भवनको अधिकारी कन्स्ट्रक्सन प्रा लि सुन्दरबजार लमजुङले निर्माणको ठेक्का पाएको छ । भवन २०८१ असार २३ भित्र सम्पन्न गर्ने गरी निर्माण कम्पनीले सम्झौता गरेको छ । शिलान्यास भएसँगै फाउण्डेसनको काम सकिएको तथा गिटि, बालुवा तथा रड झार्न थालिएको कन्ट्रक्सनका प्रमुख पंकज अधिकारीले प्रहार समाचारलाई बताए । तीन तले उक्त भवन ३१ मिटर लम्बाई र १२ मिटर चौडाईको क्षेत्रफलमा बन्ने भएको छ। निर्मल माध्यामिक विद्यालयमा विगत चार बर्षदेखि डिप्लोमा इन सिभिल इन्जिनियरीङ बिषय र बिहानको समयमा कक्षा ११/ १२ मा सिभिल इन्जिनियरीङको पढाई संचालन गर्दै आएको छ ।

सिभिल इन्जिनियरीङतर्फका विद्यार्थीका लागि छुट्टै प्रयोगशालाको आवश्यक पर्ने देखिएकाले भवन निर्माण कार्य अघि बढाइएको विद्यालयले जनएको छ। उक्त विद्यालयमा हाल प्राविधिकतर्फ सहित एक हजार बढी विद्यार्थी अध्ययनरत छन् । चार जना इन्जिनियर शिक्षक सहित ४६ जना शिक्षक शिक्षिका कार्यरत यस विद्यालयमा बिहान र दिउँसो गरी दुई चरणमा पढाई हुँदै आएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button