प्रहार समाचार । धादिङ, फागुन२३ बुधवार ।कपिलवस्तु बाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस बिहानै त्रिशुली नदीमा खसेको छ । कपिलबस्तबाट काठमाडौं आउँदै गरेको लु २ ख २१२१ नम्बरको बस धादिङको गजुरी गाउँपालिका-५ घाटबेशीस्थित पृथ्वी लोकमार्गबाट त्रिशुलीमा खसेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा केहीको मृत्यु भएको छ भने दर्जन बढि घाइते पनि भएका छन् । यो समाचार तयार पार्दा सम्म । यकिन विवरण आउन भने बाँकी रहेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । दुर्घटनास्थलमा सशस्त्र प्रहरी बलको टोली पुगेको छ । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन सुरक्षा बेश आदमघाटबाट खटिएको टोली घटनास्थल पुगेको हो ।

उद्दार टोलीले १३ जना बढिको जिवितै उद्धार गरेको जनाएको छ । उनीहरूलाई उपचारका लागि गजुरी अस्पतालतर्फ पठाएको प्रहरीको भनाइ छ । उद्दार कार्य जारी छ ।
























