प्रहार समाचार । काठमाडौँ, फागुन १३ आइतवार ।नेपाल क्रिकेट संघ (क्यान)ले त्रिकोणात्मक टी– २० सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले घोषणा गरेको छ । रोहित पौडेलको कप्तानीमा आज साँझ १८ सदस्यीय टोली घोषणा गरिएको हो ।
विश्वकप लिग–२ खेलेको टोलीबाट ४ खेलाडी थप्दै टोली घोषणा गरिएको हो । नेपाल ‘ए’ टीमका कप्तान विनोद भण्डारीसहित सन्दीप जोरा, विवेक यादव, प्रतिश जीसी, रासिद खान र सागर ढकाल गरी ६ खेलाडी टोलीमा समावेश भएका छन् ।

यस्तै पीएम कपमा चोट बोकेका अभिनाश बोहोरा टोलीमा फर्केका छन् ।तर लिग– २ खेलेको टोलीमा रहेका देव खनाल, भीम सार्की, सूर्य तामाङ र पवन सर्राफ भने बाहिरिएका छन् । नेदरल्यान्ड्स र नामिबियासम्मिलित टी–२० सिरिज मंगलवारदेखि त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा शुरू हुँदै छ । नेपालले टी–२० सिरिजको पहिलो खेल मंगलवार नै नामिबियासँग खेल्नेछ ।
























