हेडलाईनसमाचारबन्दीपुरगण्डकी

बन्दीपुर गाउँपालिका भित्र अखाद्य वस्तु बिकिवितरण : बजार अनुगमनलाई कडाई गर्दै पालिका

प्रहार समाचार । तनहुँ, माघ ५ शुक्रबार । तनहुँको बन्दीपुर गाउँपालिका भित्रका बजार तथा पसलहरुमा मानव स्वास्थ्य लाई प्रत्यक्ष असर पुर्‍याउने अखाद्य वस्तुहरु बिक्रिवितरण गरिएको पाईएको छ ।

पालिकाभित्र रहेका बजारमा सञ्चालित खाद्यान्न, किराना, होटल लगायतमा बिहिबार बन्दीपुर गाउँपालिकाले  अनुगमन गर्दा खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुमा मूल्यबृद्धि, मिति नाघेका वस्तुको बिक्री वितरण गरेको पाइएको हो ।


  गाउँपालिकाका उपाध्यक्ष एवं अनुगमन समितिका संयोजक पञ्चमायाँ गुरुङको नेतृत्वमा  प्रमुख प्रशासकिय अधिकृत नमेशराज हमाल, तनहु उद्योग वाणिज्य संघ डुम्रे बजार ईलाकाका सभापति हेम लाल विक सहितको टोलीले बन्दीपुर  – १ डुम्रेबजारमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा  ब्यवसायीहरुले अखाद्य बस्तुहरु बिक्रि गरेको, आवश्यक प्रक्रिया नै पूरा नगरी व्यवसाय सञ्चालन गरेको, मूल्यसूची नराखेको, नविकरण नगरको पाइएकाले तत्काल सच्याउन आवश्यक निर्देशन दिइएको गाउँपालिका उपाध्यक्ष पञ्चमायाँ गुरुङले बताइन्। अनुगमनका क्रममा म्ठिाइ मसला जुस लगायतका केही सामग्री अखाद्य, म्याद गुज्रिएका भेटिएकाले अनुगमन टोलीले जफत गरेको छ ।

चाडपर्वको समयमा मात्रै औपचारिकता निभाउनको लागि वजार अनुगमन गरिन्छ भन्ने भ्रम चिर्न अनुगमन गरिएको पालिकाका उपाध्यक्ष गुरुङगले प्रहार समाचारलाई बताईन् ।
अनुगमन टोलीले खाद्य सामग्रीको म्याद, गुणस्तर, नापतौलको अवस्था, व्यवसायीले सम्बन्धित निकायमा दर्ता आबद्धता कागजातहरू सबैले देख्ने गरी राख्ने गरे–नगरेको, व्यवसायको नाम, मूल्यसूची हेर्नुका साथै प्यान र पसल दर्ता गरिएको फर्म उपभोक्ताले देख्ने गरी राख्न व्यवसायीलाई निर्देशन दिएको छ । पालिकाले अनुगामन कार्यलाई सधै निरन्तरता दिने पनि जनाएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button