प्रहार समाचार । काठमाडौँ, माघ ५ शुक्रबार ।
वरिष्ठ गायक तथा संगीतकार योगेश वैद्यको निधन भएको छ । वैद्यको निधन भएसंगै नेपाली सांगीतिक क्षेत्रले ठूलो क्षति पुगेको छ । पारिवारिक स्रोतका अनुसार वैद्यको ७७ वर्षको उमेरमा विहिबार राती निधन भएको हो ।
‘सपना भुलाई सारा आँसु लिएर जाउ’, ‘मेरो आँसुमा नहाँसे’, ‘नेपाल मेरो उपहार भो’ जस्ता लोकप्रिय गीत गाएका वैद्यले । नेपाल भाषामा ‘जय नमो सिरि बुद्ध भगवान’ र ‘जिमि यःम्ह थौ जिथाय् वइ’ जस्ता लोकप्रिय सिर्जना पनि गरेका थिए ।

किरण खरेलको शब्द र नातिकाजीको संगीतमा योगेशको पहिलो गीत ‘कति प्यासी छ जिन्दगी…’ ०२२ सालमा रेडियो नेपालमा रेकर्ड भएको थियो । वनस्पतिशास्त्रमा एमएस्सी गरेपछि लोकसेवा परीक्षामा प्रथम भएका योगेश करिब ३३ वर्ष सरकारी सेवामा संलग्न रहे । योगेश ०६१ सालमा सहसचिव पदबाट अवकाश लिएका थिए । उनका दुई छोरी र एक छोरा रहेका छन् ।


























