प्रहार समाचार । तनहुँ, पुस २० शुकबार
तनहुँको ऋषिङ्ग गाउँपालिकामा दुईदिने पाठ्यक्रम प्रबोधिकरण कार्यक्रम शुरु भएको छ ।
शिक्षा बिकास तथा समन्वय ईकाई तनहुँको आयोजनामा बिहिबार बाट ऋषिङ्ग गाउँपालिकाको शैक्षिक गुणस्तर बढाउनका लागि आयोजित कार्यक्रम शिक्षा बिकास तथा समन्वय ईकाई तनहुँका प्रमुख उद्धवराज कट्टेलको अध्यक्षतामा संचालन भएको हो । शिक्षा बिकास समन्वय ईकाई प्रमुख उद्धवराज कट्टेलले प्रबोधिकरण तालिममा ईकाईको कृयाशिलता र प्रत्यक्ष सहभागितामा गरिएको प्रशिक्षणले शैक्षिक क्षेत्रको सुधार तथा प्रबोधिकरणका लागि कोषेढुङ्गा बन्ने बिश्वास ब्यक्त गर्दै सहभागिहरुलाई धन्यबाद दिए ।

तालिममा ऋषिङ्गमा पहिलोपटक आएका कट्टेललाई गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत महेश काफ्ले र शिक्षा शाखा प्रमुख सुवासचन्द्र रानाभाटले स्वागत गरेका थिए । पाठ्यक्रम प्रबोधिकरण तालिम आज समापन पत्रकार दानबहादुर श्रेष्ठले जनाएका छन्। ह
























