हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

ठूलो संख्यामा प्रहरी सहायक हवलदारहरुको सरुवा

प्रहार समाचार । काठमाडौँ, पुस २० शुक्रबार । प्रहरी प्रधान कार्यालयले ठूलो संख्यामा एकैपटक प्रहरी सहायक हवलदार हरुको सरुवा गरेको छ ।

कार्यालयका अनुसार नेपाल प्रहरीका ४ हजार ९२ जना प्रहरी सहायक हवलदारको सरूवा भएको हो।

प्रहरी प्रधान कार्यालयले आवश्यकता अनुसार सरूवा गर्ने भएकाले विभिन्न कार्यालयमा कार्यरत प्रहरी सहायक हवलदारलाई अन्यत्र सरूवा गरिएको जनाएको छ।

सरूवा भएका प्रहरी सहायक हवलदारहरूले माघ महिना देखिको तलब भत्ता सरूवा भएको दरबन्दीबाटै पाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ। सरूवा कार्यान्वयन गर्न र गराउन सम्बन्धित कार्यालयलाई निर्देशन दिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button