प्रहार समाचार । काठमाडौ, पुस २० शुकबार । आईसीसी यू–१९ पुरुष क्रिकेट विश्वकपका लागि नेपाली युवा टिमको घोषणा भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार देव खनालको कप्तानीमा १५ सदस्यीय टिम सार्वजनिक गरेको हो । युवा विश्वकप जनवरी १९ देखि दक्षिण अफ्रिकामा हुँदैछ ।

विश्वकपमा नेपाल समूह ‘डी’ मा छ । यस समूहमा नेपालसँगै अफगानिस्तान, पाकिस्तान र न्युजिल्यान्ड छन् ।
नेपालले २१ जनवरीमा न्युजिल्यान्डविरुद्ध खेल्दै प्रतियोगिताको शुरूआत गर्नेछ ।

नेपालले समूहको दोस्रो खेलमा २४ जनवरीमा पाकिस्तानविरुद्ध र अन्तिम खेलमा २७ जनवरीमा अफगानिस्तानविरुद्ध खेल्ने छ ।
























