प्रहार समाचार । काठमाडौँ, पुस १८ बुधबार । राष्ट्रियसभा सदस्यको निर्वाचनको लागि भागबन्डाको विषयमा छलफल गर्न बसेको सत्तारुढ दलको बैठक सकिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीको बैठक सकिएको छ । बैठकमा राष्ट्रियसभामा निर्वाचित हुने १९ पदको भागबन्डाको विषयमा छलफल भएको थियो ।
सत्तारुढ चार दलको बैठक लगत्तै गठबन्धन दलले प्रमुख प्रतिपक्षी दल एमालेसँग पनि छलफल गर्दैछन् । गठबन्धनको बैठक लगत्तै एमाले अध्यक्ष केपी ओली बालुवाटार पुगेका छन् ।




















