प्रहार समाचार । तनहुँ, पुस १८ बुधबार ।
तनहुँ जिल्लाको व्यास नगरपालिका वडा नं १ मा रहेको जलदेवी माध्यमिक विद्यालयको ६५ औँ वार्षिक उत्सब तथा अभिभावक दिवस समारोह हिंजो विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ ।
उक्त समारोहको उद्घाटन गर्दै व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले गुणस्तरीय शिक्षा बिना देशको विकास हुन नसक्ने चर्चा गर्दै विद्याथीहरुको सर्बाङ्गीण विकासमा लाग्न सम्पूर्ण शिक्षक, व्यवस्थापन समिति र अभिभावकहरुलाई आग्रह गरे ।

कार्यक्रममा व्यास नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष रमेशचन्द्र हड्खले, शिक्षक महासंघ तनहुँका अध्यक्ष आर सी पोखरेल , आदिकवि भानुभक क्याम्पसका क्याम्पस प्रमुख महाप्रसाद हड्खले , निर्मल माध्यमिक विद्यालयका प्रधानाध्यापक गणेशचन्द्र वस्नेत, शिक्षक संघ तनहुका सचिव नरेन्द्र न्यौपाने , नेपाली कांग्रेस व्यास नगर सभापति सूर्यचन्द्र हड्खले , नेकपा एमाले व्यासनगर अध्यक्ष वीरेन्द्रबहादुर अधिकारी , विद्यालयका पूर्व प्रधानाध्यापक विष्णुबहादुर अधिकारी लगायतले आफ्नो मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक पिताम्बर सिग्देलले विद्यालयको वार्षिक प्रगति विवरण पेश गर्दै आगामी दिनमा विद्यालयले शैक्षिक गुणस्तरमा ध्यान दिने बताए।

वार्षिकोत्सवका अवसरमा शिक्षक सुमित्रा बि क ,अभिभावक रामदेवी कडेल र पूर्व शिक्षक चिजबहादुर श्रेष्ठलाई सम्मान गरिएको थियो । सहायक प्रधानाध्यापक मोहन गिरीले स्वागत तथा कार्यक्रमको सहजीकरण शिक्षक मेघनाथ रिमाले गरेकाे कार्यक्रममा विद्यालयका निवर्तमान प्रधानाध्यापक जयराम सेढाईले धन्यवाद ज्ञापन गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होम बहादुर वस्नेतको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विद्यार्थीहरूले विभिन्न मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको विद्यालयले जनाएको छ ।
























