हेडलाईनसमाचारगण्डकी

सूर्यदर्शन बचत तथा ऋण सहकारीका उपाध्यक्ष कैलाशकुमार दर्लामी पक्राउ

प्रहार समाचार । कास्की, पुस १३ शुक्रबार ।
लामो समयदेखि फरार रहेका पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीका उपाध्यक्ष कैलाशकुमार दर्लामीलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ।

सहकारीमा बचतकर्ताको रकम अपचलन गरी ठगी गरेको आरोपमा फरार रहेका उपाध्यक्ष दर्लामीलाई प्रहरीले बिहीबार पक्राउ गरी पोखरा पठाएको छ। काठमाडौं प्रहरीले दर्लामीलाई पक्राउ गरेको र पोखरा ल्याइँदै गरेको तथा कास्की प्रहरी  टोली पनि लिनलाई आधा बाटोसम्म गएको  जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी मोहनकुमार थापाले बताए ।

काठमाडौं प्रहरी स्रोतका अनुसार उपाध्यक्ष दर्लामी सिन्धुलीबाट पक्राउ परेका हुन्। यो सहकारीबाट पक्राउ पर्ने उपाध्यक्ष दर्लामी दोस्रो व्यक्ति हुन्। मुख्य अभियुक्त  जिबी राई भने अझै फरार छन्।उनीसहित अरु १७ जना अझै फरार छन्। कास्की प्रहरीले यस प्रकरणमा चार जनाविरूद्ध इन्टरपोलमार्फत डिफ्युजन नोटिस समेत जारी गर्ने तयारी गरेको छ।जिबी राई ग्यालेक्सी फोर-के टेलिभिजनका सञ्चालक समेत हुन्। उनीविरूद्ध अरू सहकारीमार्फत ठगी गरेको समेत आरोप छ।

उनीहरू विरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा १ हजार ३६ जनाले उजुरी दिएका छन् । जसअनुसार उनिहरुले बचत कर्ताको एक अर्ब ११ करोड रूपैयाँ अपचलन भएको उजुरी छ। 



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button