हेडलाईनसमाचारबागमती

काठमाडौंबाट ठूलो परिमाणमा लागुऔषध बरामत

प्रहार समाचार । काठमाडौँ, पुस १ आइतबार । प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले काठमाडौँको बलम्बुबाट ठूलो परिमाणमा लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ।

पच्चीस किलो चरेस करोबार गरिरहेको बेला शनिबार उनीहरू पक्राउ परेका हुन्हु । पकाउ पर्नेमा धादिङ गल्छीस्थित कोइलीखर्कका भीमबहादुर तामाङ र सोही ठाउँका कान्छा तामाङ छन्। ‘सुराकी पाएपछि गए राति नै टोली परिचालन गरिएको थियो। उनीहरूमाथि अनुसन्धान भइरहेको छ,’ ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द थपलियाले भने।

यसैबीच अमेरिकाबाट पार्सल गरी ल्याइएको ५५ किलो गाँजा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको थपलियाले जानकारी दिए।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button