प्रहार समाचार । चितवन, पुस १ आईतबार । आगामी पुस ७ गतेदेखि नारायणगढ मुग्लिन सडकखण्ड दैनिक ४ घण्टा बन्द हुने भएको छ । स्थानीय तुइन खोलामा पुल निर्माणका लागि आवश्यक काम गर्न सडक बन्द गर्न लागिएको हो ।
उक्त पुल निर्माणका लागि पहाड काट्ने प्रयोजनका लागि पुस ७ गतेदेखि ३ हप्तासम्म हरेक दिन विहान ११ बजेदेखि ३ बजेसम्म सडक बन्द गरिने सडक आयोजनाले जनाएको छ ।
आयोजनाका इन्जिनियर कृष्ण आचार्यले यस सम्बन्धि निर्णय भइसकेको बताए । गत बर्ष पनि सो खण्डमा पुल निर्माणका लागि केही समय सडक बन्द गरेर काम गरिएको थियो ।




















