प्रहार समाचार । काठमाडौँ, मंसिर ३० शनिबार । नेपाल आयल निगमले पेट्रोल र डिजेल, मट्टीतेलको भाउ घटाएको हो।
निगमले शुक्रबार एक विज्ञप्ति जारी गरी शनिबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टीतेल लिटरमा तीन/तीन रूपैयाँ घटाएको जानकारी दिएको हो।
निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर ३ रूपैयाँ ७ पैसा र डिजेलमा ३ रूपैयाँ १६ पैसा घटाएर नयाँ मूल्य सूची पठाएको छ। खाना पकाउने ग्यासको भाउ भने यथावत छ।




















