प्रहार समाचार । धनगढी, मंसिर २९ शुक्रबार । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राडा गोविन्द केसीले अससन शुरू गरेका छन् । उनले धनगढीको लक्ष्मीनारायण मन्दिरको धर्मशालाबाट शुक्रवार साँझ अनसन शुरू गरेका हुन् ।
डा.केसी गेटा अस्पतालमा अनसन बस्न पुगेका थिए । तर त्यहाँ बस्न नदिएपछि उनले धर्मशालाबाट अनसन शुरू गरेका हुन् । गेटा मेडिकल कलेजको सञ्चालन लगायत पुराना मागको कार्यान्वयनसहित डा केसीले मुख्य दुई बुँदे माग राखेर अनसन शुरू गरेका हुन् ।
जसमा उनले विगतमा भएका सम्झौता कार्यान्वयन, सरकारी अस्पतालहरूमा मागअनुसार दरबन्दी थप गर्दै क्षमता बढाउने र सबै निःशुल्क औषधिहरू पाइने सुनिश्चित गर्ने माग राखेका छन् ।
यस्तै, सशस्त्र द्वन्द्वकालमा भएका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरूलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्यायप्रक्रिया शीघ्र टुंगोमा पु¥याउने, गेटामा शीघ्र स्वास्थ्य विज्ञान प्रतिष्ठान संचालनमा ल्याउने, चिकित्सा शिक्षा ऐनमा उल्लेख भएअनुसार सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज पुर्याउनेलगायत पनि उनका माग छन् ।
यसैगरी जनसंख्या र भौगोलिक अवस्थितिअनुसार यसअगाडि सम्झौता भएबमोजिम इलाम, उदयपुर, डडेल्धुरारामा सरकारी मेडिकल कलेजहरु खोल्ने माग पनि उनले अगाडि सारेका छन् ।
























