प्रहार समाचार | धनुषा, मंसिर २९ शुक्रबार ।धनुषामा तीव्र गतिमा रहेको मोटरसाइकल दुर्घटना हुँदा दुईजना युवकको मृत्यु भएको छ।
शुक्रबार बिहान ३ बजे जनकपुरधामबाट ढल्केवर तर्फ जाँदै गरेको प्रदेश २–०२–००२ प ४०९२ नम्बरको मोरसाईकल लक्ष्मीनिया गाउँपालिका-४ स्थित सपहीमा भएको दुर्घटनामा दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा कमला नगरपालिका-८ का २५ वर्षीय भरत सहनी र विदेह नगरपालिका-१ का ३० वर्षीय जयकुमार सहनी रहेका छन्।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार मोटरसाइकल अनियन्त्रित भएर पुलभन्दा ५० मिटर उत्तरतर्फ दुर्घटना भएको हो।




















