प्रहार समाचार । तनहुँ, मंसिर २७ बुधबार ।
तनहुँमा एक वर्षमा मानवअधिकार उल्लंघन तथा ज्यादतीका ८७ वटा घटना हरु घटेका छन् ।
घटेका घटनाबाट ९५ जना पीडित भएका छन् । सो अवधिमा ९५ वटा मानवअधिकार उल्लंघनका घटनाहरु घटेका थिए । जस्मा ७४ महिला र २१ पुरुष सहित ९५ जना पीडित भएका थिए। घरेलु हिंसा तर्फ सबैभन्दा धेरै ४३ वटा घटना भएका छन् । त्यस्तै बलात्कार, बलात्कार प्रयास र यौनजन्य दुव्र्यहवार तर्फ २३ वटा घटना भएका छन् । कुटपिट दुव्र्यहवारमा ६ वटा, हत्यामा ७, सम्पत्ती कब्जा २, सम्पत्ती तोडफोड २, जातिय विभेदको १, गिरफ्तार, १ स्वास्थ्यको अधिकार सम्बन्धी २ वटा घटना भएका छन् ।

इन्सेक जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराईले सन २०२३ मा तनहुँ भएका मानवअधिकार उल्लंघन र ज्यादतीका घटनाहरु मंगलबार सार्वजानिक गरेकाे तत्थाङ्कमा उक्त कुरा उल्लेख छ ।




















