प्रहार समाचार । काठमाडौँ, मंसिर २२ शुक्रबार । त्रिभूवन अन्तराष्ट्रिय विमानस्थमा बिहिवर राति समातिएको १४ किलो सुन विशुद्ध सुन नै भएको परीक्षणबाट पुष्टि भएको छ ।
परीक्षण गरिएका सबै १४ नमूनाहरू प १४ मिलो नै विशुद्ध सुन भएको पाइएको त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रयोगशालाका केमेष्ट्रि अशोक बाबु सापकोटाले बताएका छन्।

उक्त सुन त्रिभुवन अन्तर्राष्ट्रिय बिहिबार राती विमानस्थलबाट बरामद भएको थियो । १४ किलो सुन ल्याउने गोरखाका चन्द्र घलेरहेका थिए । उनि दुबईको फ्लाइटबाट बिहीबार राती काठमाडौं उत्रेका थिए ।
घलेले खरानी रङ्गको भित्री स्टाकोट आकारको कपडामा गोजी बनाई उक्त परिमाणको सुन ल्याएका थिए । उक्त सुन कस्को हो, कुन प्रयोजनका लागि ल्याइएको हो र क कस्को संलग्नता रहेको छ भन्ने बारे प्रहरीले अनुसन्धान आगाडी बढाएको जनाएको छ ।
























