प्रहार समाचार । काठमाडौँ, मंसिर २२ शुक्रबार । सरकारले सुन तस्करीमा जतिसुकै कडा गरेपनि सुन तस्करी भने दिन दुई गुणा रात चौगुणा बढिरहेको छ । यसै बिच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झोडै १४ किलो सुनसहित गोरखाका एक जना बिहिबार राती पक्राउ परेका छन्।
पक्राउ पर्नेमा गोरखाका चन्द्र घले रहेका छन् । घते फ्लाइ दुबईको फ्लाइटबाट बिहीबार राती काठमाडौं उत्रेका थिए ।
भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलकाअनुसार उनी को हुन् र यो सुन कसको हो भन्नेबारे थप अनुसन्धान भइरहेको छ । घलेले सुनको प्लेट बनाएर शरिरमा राखेर सुन ल्याएका थिए । उनीबाट बरामद भएको सुन शुक्रबार जोखिने र त्यसको गुणस्तर परीक्षण गरिने महानिर्देशक पौडेलले जानकारी दिए ।

.उनकाअनुसार घलेकोकल डिटेल र उनको सम्पर्कमा रहेका व्यक्तिहरुमाथि निगरानी भइरहेको छ । अन्य केही व्यक्ति पनि संलग्न हुनसक्ने भएकाले अनुसन्धान भइरहेको छ ।
घले बुधबारै फ्लाइ दुबईको फ्लाइटबाट नेपाल आउन लागेको जानकारी आएको थियो । त्यसैले बुधबारबाटै एयरपोर्टमा निगरानी भइरहेको थियो ।

बुधबार घले नआएपछि बिहीबारको फ्लाइटमा पनि कर्मचारीहरुले निगरानी गरेका थिए । विमान अवतरण भइसकेपछि अन्य यात्रु सरासर झरेर गइसकेपछि करिब अन्तिमतिर घले झरेका थिए । उनलाई झर्नेवित्तिकै भन्सारको टोलीले पक्राउ गरेको थियो ।
























