हेडलाईनव्याससमाचारगण्डकी

चण्डदेवी मा वि मा बिपन्न विद्याथीहरुलाई न्यानो कपडा वितरण

प्रहार समाचार । मंसिर २१ बिहिबार । व्यास नगरपालिका – १० मा रहेको  चण्डिदेवी राष्ट्रिय माध्यमिक विद्यालय युवा रेडक्रस सर्कलकोले सहयोग स्वरूप प्राप्त न्यानो न्यानो कपडा बिपन्न विद्याथीहरुलाई  वितरण गरेको छ ।

बिहिबार विद्यालयमा आयोजित एक कार्यक्रमका बिच ३० जना बिपन्न  विद्यार्थीहरुलाई उक्त न्यानो कपडा वितरण गरिएको हो। व्यास नगरपालिका वडा नम्बर १० बागभन्ज्याङ निवासी समाजसेवी नरिश्वर कंडेल र टिकादेवी कंडेल र हाल जापानमा कार्यरत छोरा भवानी कंडेल र बुहारी सविता कंडेलद्वारा प्राप्त ११ हजार११ सय ११ रुपैयाँ बराबरका न्यानो कपडाहरू प्राप्त भएको थियो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम पौडेलको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा आफूले अध्ययन गरेको विद्यालयमा सानो सहयोग गर्ने मनकारी कंडेल परिवारलाई अध्यक्ष पौडेलले धन्यवाद प्रकट गरे । विद्यालयका प्रधानाध्यापक रामचन्द्र पोख्रेल (आर सी) ले कंडेल परिवारको सानो सहयोगले विपन्न विद्याथीका लागि ठूलो राहत मिलेको बताए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य मायानाथ कोईराला,  सहायक प्रधानाध्यापक गोकुल थापा , शिक्षकहरू भावना गौतम लगायतले मन्तव्य व्यक्त गरेको शिक्षक नायक यमप्रसाद सापकोटाले जानकारी दिए।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button