हेडलाईनसमाचारअन्तर्राष्ट्रिय समाचारखेलकुद

लियोनेल मेसी वर्षको उत्कृष्ट खेलाडी पुरस्कार बाट सम्मानित

प्रहार समाचार । अमेरिका, मंसिर २१ बिहिबार । अमेरिकी इन्टर मायमीका अर्जेन्टिनी फरवार्ड लियोनेल मेसी टाइम म्यागजिनको वर्षको उत्कृष्ट खेलाडी पुरस्कार (अवार्ड)बाट सम्मानित भएका छन् । उनी फूटबलका मात्र नभएर सबै खेलका वर्ष खेलाडी भएका हुन् ।

मेसीलाई बुधवार सम्मानित गर्दै टाइम्सले अमेरिकाको मेजर लिग सकर (एमएलएस)मा दर्शक बढाउन महत्वपूर्ण योगदान गरेको जनाएको छ ।

गत जुलाईमा मायमी पुगेका मेसीले एमएलएसको टोलीबाट सबैखाले प्रतियोगितामा गरी १४ खेलमा ११ गोल गरेका छन् । उनको उच्च प्रदर्शनप्रेरित टोलीले लिग्स कपको उपाधि उचालेको थियो । जुन क्लबको इतिहासमै पहिलो उपाधि थियो ।
अर्जेन्टिनाका विश्वकप विजेता कप्तान ३६ वर्षे मेसीले अक्टोबरमा कीर्तिमानी आठौं पटक बालोन डी’ओरसमेत जितेका थिए ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button