हेडलाईनसमाचारभानुगण्डकी

तनहुँको थानीमाई मन्दिरमा ४४ फूलको डाेली भित्रिए

तनहुँ जिल्लाको भानु नगरपालिका–७ स्थित प्रसिद्ध धार्मिकस्थल थानिमाई मन्दिरमा हिंजो मंगलबार ४४ फूलका डाेली भित्रिएका छन्। फूलको डोली भित्रिएसंगै  रातभर जाग्राम बसेर पूजा आरधना गर्ने तथा बत्ती बालेर भक्तिभाव व्यक्त गरिएको मन्दिर संरक्षण समितिका अध्यक्ष जीवन थापा मगरले बताए।

 

मन्दिरमा फूलको डोली चढाउदा मनोकामना पूरा हुने धार्मिक विश्वास रहिआएको छ । हिन्दु परम्परा अनुसार सोमबार सत्यनारायणको पूजा गरी डोली तयार गर्ने र मंगलबार थानीमाई मन्दिरमा फूलको डोली चढाउने परम्परा छ । थानीमाई मन्दिरमा कात्तिक, मङ्सिर र माघमा भक्तजनको भीड लाग्छ ।

मन्दिरमा फूलको डोली चढाउन छिमेकी जिल्ला गोरखा, लमजुङ, कास्की, चितवन, नवलपरासीसम्मका भक्तजनहरु आउने गर्दछ । मन्दिरमा साउन महिना, एकादशी र औँसी बाहेकका अन्य दिनमा पूजाअर्चना हुने गर्दछ ।समुद्री सतहबाट १ हजार २०० मिटरको उचाइमा अवस्थित यहाँबाट गोरखाको लक्ष्मी बजार, लिगलिग कोट, पालुङटार तथा लमजुङको राइनासकोट सहजै देख्न सकिन्छ । विसं २०७२ वैशाखमा गएको भूकम्पबाट क्षति पुगेको सो मन्दिर पुनःनिर्माण गरिएको हो ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button