हेडलाईनसमाचारबागमतीस्वास्थ्य

अवैधरूपमा औषधि बिक्री गर्ने काठमाडौंका फार्मेसीमा शिलबन्दी

प्रहार समाचार । काठमाडौं, मंसिर २० बुधबार ।
राजधानी काठमाडौँको एउटा औषधि बिक्रिवितरण गर्ने फर्मामा अबैध औषधि बिक्री बितरण गरेको अभियोगमा शिलबन्दी गरिएको छ ।

औषधि व्यवस्थापन विभाग र नेपाल प्रहरीले   कपन क्षेत्रका औषधि पसलबाट लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा मङ्गलबार नेपाल प्रहरी र स्थानीय जनप्रतिनिधिसँगको सहकार्यमा गरेको बजार अनुगमनमा अवैधरूपमा औषधि बिक्री वितरण गर्ने बूढानीलकण्ठ नगरपालिका–१० आदर्शनगर चोकस्थित लाइफ केयर फर्मालाई शिलबन्दी गरेको हो ।

यसैगरि बूढानीलकण्ठ क्षेत्रका चारवटा औषधि पसल अनुगमन गर्दा अवैधरूपमा औषधि बिक्री  गर्ने लाइफ केयरम शिलबन्दी गरिएको   जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले पनि जानकारी दिए।विभागको टोलीले उक्त पसलबाट विभिन्न ३६ प्रकारका औषधिसमेत बरामद गरेको छ । टोलीले ओखलढुङ्गा फर्मा, जेन्स हेल्थ केयर सेन्टर र सुर्याम्स फार्मेसीलाई सचेत गराएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button