हेडलाईनसमाचार

स्कूल बसको ठक्करबाट दुईको मृत्यू : आक्रोशित भिडले लगाए बसमा आगो

प्रहार समाचार । रुपन्देही, मंसिर १६ शनिबार ।
रुपन्देहीमा स्कूल बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ ।

लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ४ मा आज बिहान सिद्धार्थ बोर्डिङ स्कूलको लु १ क १७७८ नम्बरको बसले लु ३७ प ८४८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । उनीहरूको सनाखत हुन बाँकी छ ।

प्रहरीका अनुसार मोटरसाइकलमा ३ जना सवार रहेका थिए । उनीहरू मध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यू भए संगै आक्रोशित स्थानीयले बसमा आगो लगाईदिएका छन् ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button