हेडलाईनसमाचारप्रदेश

थेगीनसक्ने सार्वजनिक ऋणको भारी  : चारमहिनामै ५७ अर्ब बढि ऋण

प्रहार समाचार । काठमाडौँ, मंसिर १६ शनिबार ।
देशमा दिन प्रतिदिन सार्वजनिक ऋणको भारी थेगी नसक्ने गरी बढिरहेको छ । चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो चौमासिक अवधिमा  ५७ अर्ब ७१ करोडभन्दा बढी सार्वजनिक ऋण थपिएको हो ।

गत असार मसान्तसम्ममा  २२ खर्ब ९९ अर्ब ३५ करोड २४ लाख बराबर रहेको सार्वजनिक ऋण कात्तिक मसान्तसम्म पुग्दा  २३ खर्ब ५७ अर्ब छ करोड नाघेको सार्वजनिक ऋण व्यवस्थापन कायालयले जनाएको छ । कार्यालयको गत कात्तिक मसान्तसम्मको तथ्याङ्कअनुसार हालसम्म नेपालले तिर्न बाँकी आन्तरिक ऋण  ११ खर्ब ८३ अर्ब ५७ करोड २१ लाख र बाह्य ऋण  ११ खर्ब ७३ अर्ब ७९ करोड ६६ लाख रहेको छ ।

चालू आवको चार महिनामा सरकारले आन्तरिक ऋणको साँवाब्याज भुक्तानीमा रू ६५ अर्ब ४५ करोड ८३ लाख र बाह्य ऋणको साँवाब्याज भुक्तानीमा  १६ अर्ब १८ करोड ६१ लाख बराबर भुक्तानी गरेको देखिएको छ । यही अवधिको ऋण प्राप्तिको अवस्था हेर्दा साउनदेखि कात्तिक मसान्तसम्ममा रू ९७ अर्ब ३१ करोड बराबर आन्तरिक ऋण र  १५ अर्ब ८५ करोड ३० बाह्य ऋण गरी कुल एक खर्र्ब १३ अर्ब १६ करोड ३० लाख बराबर ऋण उठाइएको छ।

चालू आवको पहिलो चौमासिक अवधिमा सरकारले गरेको पुँजीगत खर्चभन्दा सार्वजनिक ऋणको साँवा र ब्याज भुक्तानीमा गरेको खर्च करिब तीन गुणाले बढी छ । गत कात्तिक मसान्तसम्ममा सरकारले  २९ अर्ब ९८ करोड ९४ लाख बराबर पुँजीगत खर्च गरेको छ । यही अवधिमा सार्वजनिक ऋणको साँवाब्याज भुक्तानीमा भने  ८१ अर्ब ६४ करोड ४४ लाख बराबर खर्च गरेको छ । यस्तो अवस्थामा देशको अर्थतन्त्र अब कतातिर जाला ? अर्थविद्हरूको चासो बढेको छ ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button