प्रहार समाचार । तनहुँ, मंसिर १६ शनिबार । तनहुँको व्यास नगरपालिका वडा नं. ४ दमौलीका युवा बैज्ञानिक विकल्प ढुङ्गाना आईसिटि अवार्ड २०२३ को उत्कृष्ट पाँचमा छनोट भएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित विशेष कार्यक्रमका बिच १३ बाट उत्कृष्ट पाँच छनौट गर्ने क्रममा जुरीहरुको बिज्ञ टोलीले विभिन्न पक्षहरुको मूल्याङ्कन बाट ढुङ्गाना सम्मिलित टोलिले निर्माण गरेको सफ्टवेयर ‘प्रष्ट नेपाली’ छनौटमा परेको हो। प्रष्ट नेपाली खोपा इन्जिनियरिङ्ग कलेज काठमाडौँका पाँचजना इन्जिनियर विद्यार्थीहरूले निर्माण गरेको सफ्टवेयर हो। ‘यो सफ्टवेयरले नेपाली भाषाको हिज्जेको गल्ति सच्याउने, एआईको माध्यमबाट व्याकरण परिक्षण गर्ने लगायतका काम गर्छ ‘ ढुङ्गानाले भने।

सम्भाबना र सिपको कुनै सिमा हुँदैन भनेझैं विकल्प ढुङ्गाना सानै देखि विज्ञानका क्षेत्रमा नयाँ नयाँ आविश्कार गर्ने मेधावी विद्यार्थी रहेको उनका शिक्षक प्राध्यापक भरत काफ्लेले बताए । उनले सोलार बाट चल्ने स्कूटर, धुप बाले पछि आफै भजन बज्ने प्रविधि, मादक पदार्थ सेवन गर्दा सबारी साधन स्टाट नहुने प्रविधि, बिना हेल्मेट बाइक स्टाट नहुने लगायतका धेरै प्रविधि हरुको आविष्कार गरिसकेका छन्। यसैको परिणाम स्वरूप ढुङ्गानाले २०७६ सालमा ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार’ पूर्व राष्ट्रपति विद्यदेवी भण्डारीबाट प्राप्त गरिसकेका हुन्। ढुङ्गाना अन्य दर्जन बढि पुरस्कारबाट समेत सम्मानित भईसकेका छन्।
प्रष्ट नेपाली संगै नेपाली विद्याथीहरूले निमार्ण गरेको Blanxer, Dreshion, Drishya, र Intern sathi छनौटमा परेका छन् ।
उत्कृष्ट पाँच राइजिङग स्टार बाटपनि उत्कृष्ट तीन का लागि आगामी हप्ता छनौट हुने बताईएको छ ।

प्रविधिको क्षेत्रमा नेपालकै सबै भन्दा ठूलो र प्रतिष्ठित अवार्ड २०२३ को उत्कृष्ट पाँचमा आफ्नो छोरा सम्मिलित टिम परेकोमा विकल्प ढुङ्गानाका बाबु भाग्यशाली ढुङ्गाना हर्षित छन् । ६० बढि टिमको नोमिनेसन प्राप्त भई उत्कृष्ट १३ त्यसपछि उत्कृष्ट पाँच टिम चयन भएको हो। आगामी हप्ता प्रडक्ट आइसिटि अवार्डको उकृष्ट १४ मध्येबाट उत्कृष्ट पाँच टिमको सहभागीता रहने कार्यक्रम प्रस्तोता उरुषा जोशीले बताइन । डिसेम्बर २२ मा ग्रयाण्ड फिनालेमा विजेताहरुको घोषणा हुने छ।





















