हेडलाईनसमाचारबागमती

काठमाडौं महानगरपालिकाद्वारा ठूलो संख्यामा कर्मचारी माग

प्रहार समाचार | काठमाडौँ, मंसिर १६ शनिबार ।
काठमाडौँ महानगरपालिकाले ठूलो सङ्ख्यामा कर्मचारी माग गरेको छ। महानगरभित्रका गरिब घरपरिवार पहिचानका लागि तथ्यांक संकलनका गर्न २१ सुपरीवेक्षक सहित २०९ गणकको माग गरेको हो।

उक्त पदका लागि पुस ६ गतेसम्म दरखास्त दिइसक्ने र दरखास्त महानगरको वेभ साइटबाट दिन सकिने र कुनै पनि शुल्क नलाग्ने शनिबार प्रकाशित महानगरको सूचनामा उल्लेख छ ।सुपरिवेक्षक र गणकको पारमिमिक पनि महानगरले तोकिदिएको छ। जस अनुसार सुपरीवेक्षकको मासिक पारिश्रमिक ३४ हजार ७३० रूपैयाँ र इन्टरनेट खर्च २ हजार तोकिएको छ भने गणक को मासिक  ३२ हजार ९०२ रूपैयाँ पारिश्रमिक र २ हजार रूपैयाँ इन्टरनेट खर्च रहेको छ।( महानगरको सूचनाको पत्र)

काठमाडौं महानगरपालिकाका बासिन्दा, यसअघि जनगणना वा सर्वेक्षणमा काम गरेको र महानगरपलिकाबाट विगतमा पनि सोही कार्यक्रममा छनोट भएकाहरूलाई प्राथमिकता दिइने सूचनामा उल्लेख छ। दरखास्त खुले संगै करारमा भएपनि ठूलो संख्यामा रहेका बेरोजगारहरुलाई सानो भएपनि राहत मिल्ने देखिन्छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button