हेडलाईनसमाचारबागमती

नक्कली भुटानी शरणाथी प्रकरण : बालकृष्ण खाँड सहित नौजना कारागारमा नै

प्रहार समाचार | काठमाडौं, मंसिर १५ शुक्रबार ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनले जिल्ला अदालत काठमाडौैंको फैसला आंशिक सदर गर्दै ९ जनालाई रिहा गर्न अस्वीकार गरेको छ ।

बाँकी ६ जना धरौटी तथा ४ जना साधारण तारेख गरि १० जना रिहा भएका छन् । एक प्रतिवादी (बालकृष्ण खाँड)को हकमा दुई न्यायाधीशबीच राय बाझिएपछि उनी तत्कालका लागि थुनामै रहने देखिन्छ ।

न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले प्रतिवादीहरू टेकनारायण पाण्डे, इन्द्रजीत राई, टोपबहादुर रायमाझी, केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, विक्रम भन्ने गोविन्दबहादुर चौधरी, सन्देश शर्मा, आङटावा शेर्पालाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश सदर गरेको छ । यससँगै यी ९ प्रतिवादी कारागारमै रहने। सन्दीप रायमाझीलाई ३० लाख, टेकनाथ रिजाललाई १५ लाख, रामशरण केसीलाई १५ लाख, हरिभक्त महर्जनलाई १५ लाख, नरेन्द्र केसीलाई १० लाख र शमशेर मियाँलाई १० लाख धरौटीमा रिहा गर्ने आदेश भएको छ । यी सबैलाई जिल्ला अदालतले थुनामा पठाएको थियो ।
अन्य ४ जना साधारण तारेखमा छुटेका छन् । उनीहरूको हकमा पनि जिल्ला अदालतको आदेश उल्टिएको छ । साधारण तारेखमा छुट्नेमा ​टंककुमार गुरुङ, केशव तुलाधर, आशिष बुढाथोकी र लक्ष्मी महर्जन छन् ।

पूर्व गृहमन्त्री बालकृष्ण खाँणका सम्बन्धमा न्यायाधीशहरूको राय बाझिएको छ ।मुद्दाको सुनुवाइपछि खाणका सम्बन्धमा न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलबीच राय बाझिएको हो । पाण्डेले खाणलाई ३० लाख धरौटीमा छाड्नुपर्छ र खरेलले थुनामै राख्नुपर्छ भन्ने राय दिएपछि अब बालकृष्णको हकमा तेस्रो न्यायाधीशको एकल इजलासमा छुट्टै सुनुवाइ हुनेछ । त्यतिबेलासम्म खाँड थुनामै रहने छन् ।

उच्च अदालत नियमावली २०७३ को नियम १२ मा राय बाझिएको अवस्थासम्बन्धी व्यवस्था छ । थुनामै रहने नौ जनामा बालकृष्ण खाँड (तत्काल थुनामै रहने)‌ धरौटीमा छुट्ने हरुमा सन्दीप रायमाझी– धरौटी ३० लाख टेकनाथ रिजाल– धरौटी १५ लाख रामशरण केसी– धरौटी १५ लाख  हरिभक्त महर्जन– धरौटी १५ लाख 
नरेन्द्र केसी – धरौटी १० लाख र शमशेर मियाँ– धरौटी १० लाख रहेका छन् साधारण तारेखमा छुटेकाहरुमा टंककुमार गुरुङ,केशव तुलाधर आशिष बुढाथोकी र लक्ष्मी महर्जन रहेका छन् ।

जिल्ला अदालत काठमाडौंले गएको असार १ गते रायमाझी, खाँणसहित १६ प्रतिवादीलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्ने आदेश गरेको थियो ।नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका लैजाने भनेर २८ करोड ८१ लाख रुपैयाँ ठगी गरेको आरोप प्रतिवावदीहरूमाथि छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button