हेडलाईनसमाचारविजनेसप्रदेशमनोरञ्जन

पर्यटकहरुको हव बन्दै नेपाल : प्रमुख गन्तव्यस्थलहरूमा पर्यटकहरुको भिड

प्रहार समाचार । काठमाडौँ, मंसिर १५ शुक्रबार ।
नेपालका प्रमुख पर्यटकीय क्षेत्रहरू यतिबेला आन्तरिक तथा वाह्य पर्यटकहरुले खचाखच भरिएका छन्।
नेपालका हिमाल, पहाड र तराईका सुन्दर दृश्यहरको अवलोकन गर्ने पर्यटकहरु नेपाल आउने गर्दछन्। सन् २०२३ को ११ महिनामा नौ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । जस्ले गर्दा होटल व्यवसायीहरुलाई पर्यटकहरुको स्वागत सत्कारमा भ्याई नभ्याई छ ।

नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार वर्षको जनवरीदेखि नोभेम्बरसम्म नौ लाख १८ हजार तीन सय आठ नेपाल आएका हुन् । नोभेम्बरमा मात्रै एक लाख आठ हजार छ सय ३० विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अघिल्लो महिना अक्टोबरमा हालसम्मकै बढी एक लाख १७ हजार तीन सय छ पर्यटक नेपाल भित्रिएका थिए ।
पर्यटक आगमनको पछिल्लो आँकडाले यो वर्ष सरकारको लक्ष्य पूरा हुने सङ्केत देखिएको छ । सरकारले सन् २०२३ मा १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।

बोर्डका निर्देशक मणिराज लामिछानेले पर्यटक आगमन निरन्तर बढिरहेकाले लक्ष्यमा पुग्न सहज हुने उल्लेख गरे । उनले भने, ‘एघार महिनामा नौ लाख १८ हजार बढी पर्यटक आएका छन् । १० लाखको लक्ष्य करिब पुग्न लाग्यो ।’

पर्यटक आगमनको मुख्य स्रोतबजार छिमेकी मुलुक भारत, चीन तथा संयुक्त राज्य अमेरिका, बेलायत, अष्ट्रेलिया, श्रीलङ्का, बङ्गलादेश रहेको बोर्डले जनाएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button