हेडलाईनसमाचारविजनेसप्रदेश

अमेरिकी डलरको विनिमय दर हाल सम्मकै उच्च

प्रहार समाचार । काठमाडौं, मंसिर १५ शुक्रबार ।अमेरिकी डलरको विनिमय दर शुक्रबार हालसम्मकै उच्च भएको छ। एक अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ १४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७४ पैसा तोकिएको नेपाल राष्ट्र बैङ्ले जनाएको छ।

यो मूल्य हाल सम्मकै उच्च हो। यसअघि गत मंसिर १० गते डलरको भाउ १३३ रुपैयाँ ७० पैसा पुगेर नयाँ रेकर्ड बनाएको थियो। पछिल्लो रेकर्डभन्दा यो मूल्य ४ पैसा बढी हो। राष्ट्र बैंकका अनुसार आज युरोपियन युरो एकको खरिदमा १४५ रूपैयाँ २८ पैसा र बिक्रीमा १४५ रूपैयाँ ९४ पैसा पाइन्छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रूपैयाँ ८४ पैसा र बिक्रीमा ८८ रूपैयाँ २३ पैसा तोकिएको छ। यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६८ रूपैयाँ २२ पैसा र बिक्रीदर १६८ रूपैयाँ ९८ पैसा तोकिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button