प्रहार समाचार । तनहुँ, मंसीर ७ बिहिबार ।
तनहुँको दमौलीका एक वृद्धलाई नदिले बगाएको आशङ्का गरिएको छ ।
व्यास नगरपालिका–२ डाङ्ग्रे खोल्सी निवासी ९२ बर्षीय गणेश कुमार श्रेष्ठ बुधबार घरबाट निस्किएका थिए। घर नआएपछि खोजतलास गर्ने क्रममा सेती र मादी नदीको संगमस्थलमा उनले लगाएका कपडा,चप्पल,लौरो,घडि र जेष्ठ नागरिक परिचयपत्र लगायका सामाग्री भेटिएपछि उक्त आशंका गरिएको हो ।
श्रेष्ठको खोजी कार्य भैरहेको तनहुँका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता मोहनबहादुर खाँणले जानकारी दिए ।
























