हेडलाईनसमाचार

धनगढीमा आगलागी : अस्पतालसहित ८ वटा पसलमा क्षति

प्रहार समाचार । धनगढी, मंसिर २ शनिबार ।
शुक्रबार राती  धनगढी उपमहानगरपालिका–१ मा रहेको भण्डारी जनरल स्टोरमा अचानक  आगलागी भएको छ ।

आगलागी भएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक देवेन्द्र बहादुर पालको कमाण्डमा ४० जना प्रहरीको टोली घटना स्थलमा पुगेको थियोआगो निभाउन धनगढी–उपमहानगरपालिकाको २, गोदावरी नगरपालिकाको १ र कञ्चनपुरको पुनर्वास नगरपालिकाको १ गरी ४ वटा दमकल परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक कुलदिप चन्दले जानकारी दिए।

भण्डारी पसलसंगै जोडिएका अन्य ७ पसलमा विद्युत्नि आगलागी भएको छ। आगलागीबाट सारथी अस्पतालमा पनि क्षति भएको छ।त्यस्तै  मधुमाला देवी सप, सपिङ सेन्टर, सुभिक्षादेवी सपिङ सेन्टर, न्यु सदिक्षा इन्टरप्राईजेज र भण्डारी सु –सेन्टर ट्रेडर्स एण्ड सप्लायर्समा पनि आगालागीबाट क्षति भएको प्रहरीले जनाएको छ। आगलागी नियन्त्रण कार्य भइरहेकोले क्षतिको विवरण आउन बाँकी रहेको डिएसपी चन्दले जानकारी दिए। 


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button