हेडलाईनसमाचारअन्तर्राष्ट्रिय समाचार

समाजवादी पेद्रो सान्चेज स्पेनको प्रधानमन्त्रीमा पुनः निर्वाचित

प्रहार समाचार । स्पेन, कार्तिक ३० बिहिबार ।
समाजवादी पेद्रो सान्चेज स्पेनको प्रधानमन्त्रीमा पुनः निर्वाचित भएका छन् । कुल ३५० सिटको संसद्‌मा १७९ जना सांसदअरूको समर्थनमा  उनी पुन: निर्वाचित भएका हुन् ।

दुई क्याटालान पृथकतावादी पार्टीहरूको समर्थनले उनलाई विजय बनाएको हो । उनीहरूले भोटको सट्टामा विवादास्पद आममाफी सम्झौताको माग गरेका थिए ।स्पेनको परिचय :स्पेन अन्तरमहादेशीय देश हो जुन मुख्यतया दक्षिण-पश्चिमी युरोपमा आन्ध्र महासागर र भूमध्य सागरमा अवस्थित छ। स्पेनको सबैभन्दा ठूलो भाग इबेरिया प्रायद्वीपमा अवस्थित छ। यसको क्षेत्रमा आन्ध्र महासागरको क्यानरी द्वीपसमूह, भूमध्य सागरको बालेआरी द्वीपसमूह र अफ्रिकाको सेउता र मेलियाको स्वायत्त सहरहरू पनि समावेश छन्।


 देशको मुख्यभूमि जिब्राल्टारद्वारा दक्षिणमा सीमाबद्ध छ। यसको सीमाना दक्षिणपूर्वमा र भूमध्यसागर  उत्तरमा फ्रान्स, एन्डोरा र बिस्केको खाडी; र पश्चिममा पोर्चुगल र आन्ध्र महासागरसँग जोडिएको छ। ५,०५,९९० वर्ग किलोमिटर (१,९५,३६० वर्ग माइल) क्षेत्रफल भएको स्पेन युरोपेली सङ्घको दोस्रो सबैभन्दा ठूलो देश हो र ४.७४ करोड भन्दा बढी जनसङ्ख्या भएको युरोपेली सङ्घको सदस्य राष्ट्र हो। स्पेनको राजधानी र सबैभन्दा ठूलो सहर म्याड्रिड हो। अन्य प्रमुख सहरी क्षेत्रहरूमा बार्सिलोना, भालेन्सिया, सेभिया, सारागोसा, मलागा, मुर्सिया, पाल्मा दे मालोर्का, लास पालमास दे ग्रान कानारिया र बिलबाओ समावेश छन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button