हेडलाईनसमाचारबागमती

रोकिएन चोरीका घटना :  करोडौं  रुपैयाँ बराबरका धनमाल चोरी

प्रहार समाचार । काठमाडौँ, कार्तिक ३० बिहिबार ।  काठमाडौं उपत्यकामा करिब १ करोड रुपैयाँका धनमाल चोरी भएको छ ।उपत्यका प्रहरी कार्यालयका अनुसार कात्तिक ११ देखि ३० गतेसम्म काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा ३७ चोरीका घटना हुँदा एक करोड ३ लाख ६६ हजार १९५ रुपैयाँ बराबरका धनमाल चोरी भएका हुन् ।

कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीका अनुसार काठमाडौंका २० ठाउँबाट २७ लाख ७९ हजार ४४५ रुपैयाँका धनमाल चोरी भएका छन् । ललितपुरका १० ठाउँबाट २५ लाख ३० हजार ७५० रुपैयाँका धनमाल चोरिएका छन् ।

त्यस्तै भक्तपुरका ७ ठाउँबाट ५० लाख ५६ हजार रुपैयाँका धनमाल चोरी भएको एसएसपी मैनालीले जानकारी दिए । यी घटनामा संलग्नताको आशंकामा प्रहरीले ७ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।यसैबिच काठमाडौंको ५ ठाउँमा लुटपाट भएको , लुटपाटको आशंकामा प्रहरीले ३ जनालाई अनुसन्धानका लागि पक्राउ गरेको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button