हेडलाईनसमाचारअन्तर्राष्ट्रिय समाचार

भारतको जम्मू- कश्मीरमा ठूलो दुर्घटना : दर्जनौंको मृत्यू केहि घाइते

प्रहार समाचार । भारत, कार्तिक २९ बुधबार ।
भारतको जम्मू–कश्मीरमा यात्रुहरुले खचाखच भएको बस दुर्घटना भएको छ । बुधबार भएको उक्त सडक दुर्घटनामा परि ३६ जनाको मृत्यु भएको छ भने द १९ जना घाइते भएका छन् । 

डोडा जिल्लाको अस्सार क्षेत्रमा एक बस सडकबाट  ३०० फिट तल खसेर दुर्घटना भएको हो । घाइतेमध्ये ६ जना गम्भीर घाइते भाको भारतीय सञ्चार माध्यमहरुले जनाएका  छन् । उनिहरुको स्थानिय अस्पतालमा उपचार भईरहेको छ ।

बस किश्तवान्डदेखि जम्मू जाँदैथियो । बसमा ५५ यात्रु सवार थिए । दुघटना के कति कारणले भएको हो भन्ने बारे प्रहरीले अनुसन्धान अगाडी बढाएको छ । चालकको असावधानिकाकारण बस दुर्घटना हुन सक्ने प्रहरीको भनाइलाई उद्धित गर्दै भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button