हेडलाईनसमाचारगण्डकी

लमजुङको तार्कुघाटमा आगलागी : नगद गरगहना जल्दा लाखौंको क्षति

प्रहार समाचार । लमजुङ, कार्तिक २९ बुधबार ।
लमजुङको तार्कुघाटमा रहेको एक घरमा आगलागी हुँदा लाखौको क्षति हुन पुगेको छ ।राइनास नगपालिका-८ तार्कुघाट निवासी विन्दु श्रेष्ठको दुई तले कच्चि घारमा मंगलबार साँझ अचानक  आगलागी भएको थियो । 


आगलागीबाट  नगद, गरगहना, लत्तापकडा, फर्निचर लगायत जलेर लाखौंको क्षति पुगेको वडा अध्यक्ष कृष्णबहादुर रानाभाटले जनकारी दिए । उक्त घरमा स्थानिय  शुकलाल श्रेष्ठको परिवार बस्दै आएका थिए । आगलागीबाट जस्ताले छाएको दुई तले घर,घरभित्रका सबै सामान जलेर नष्ट भएको तथा मानविय क्षति भने  हुन नपाएको जिल्ला प्रहरी कायालय लमजुङका डीएसपी मिनबहादुर घलेले जनाएका छन्।

वीर भक्ति माध्यामिक विद्यालय नजिकै रहेको  उक्त घरमा आगलागी भएपछि आगो नियन्त्रणका लागि  स्थानिय बासिन्दा, प्रहरी साथै  बेंसीशहर नगरपालिकाको दमकल प्रयोग गरिएको थियो। आगो नियन्यणमा ढिलाइ भएका कारण घरभित्रका सबै सामानहरु जलेर नष्ट भएको स्थानीयले बताएका छन् ।

उक्त  घरमा शुकलालको परिवार बस्दै आएका थिए ।  विद्युत् सर्ट भएर आगलागी भएको  प्रहरीको प्रारम्भिक अनुमान गरेको छ ।

आगलागीबाट १२ लाख रुपैयाँ बराबरको सुनचाँदी,२ लाख नगद,  लत्ता कपडा, भाँडावर्तन, फर्निचर जल्दा कुल ३३ लाख ५० हजार बराबरको क्षति हुन पुगेको जिल्ला प्रहरी कार्यालय वेशीशहर लमजुङका डीएसपी मिनबहादुर घलेले जानकारी दिए।


 

Show More

Related Articles

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button