हेडलाईनसमाचारबागमती

नेपाली सेनाका पूर्व उपरथि सहित आठ जुवाडे पक्राउ : १६ लाख बढि बरामत

प्रहार समाचार । काठमाडौ, कार्तिक २९ बुधबार । नेपाली सेनाका पूर्व उपरथीसहित ८ जना ठूला व्यापारी जुवाको खालबाट पक्राउ परेका छन्। । उनिहरुलाई जिल्ला प्रहरी परिसर, ललितपुरले सुराकीको आधारमा जुवाखाल बाट जुवा खेलिरहेको अवस्थामा छापा मारि पक्राउ गरिएको हो।

मंगलबार प्रहरीले चलाएको विशेष अपरेशनमा पूर्वउच्च सैनिक अधिकृतसहित ललितपुरका ठूला व्यवसायीहरु पक्राउ परेको प्रहरी स्रोतले  बतायो । अनुसन्धान अधिकृतहरुका अनुसार, ती पूर्वउपरथीले पछिल्ला समय नियमित रुपमा जुवा खेल्दै खेलाउँदै आएका थिए ।

पहिले घरमै खेलाउने गरेको सूचना थियो, तर खोजी हुन थालेपछि अहिले क्लासिक टावरको ए ब्लकमा खेलाउने गरेका रहेछन्’, स्रोतले भन्यो, ‘जुवा ऐनअन्तरगत म्याद थप गरेर विस्तृत अनुसन्धान गर्छौं ।’ प्रहरीले ति पूर्व सैनिक अधिकृत र व्यापारीको नाम भने सार्वजनीक गरेको छैन् । “अनुसन्धानकै क्रममा  रहेकाले नाम सार्वजनिक नगरेका हौ” श्रोतले भन्यो । प्रहरीले जुवाको खाल तथा जुवाडेको साथबाट  १६ लाख ८२ हजार ५ सय रुपैयाँ  बरामद गरेको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button