हेडलाईनसमाचारबागमती

बालगोपालेश्वर मन्दिर आज बिहानैदेखि खुल्ला

प्रहार समाचार । काठमाडौँ,कार्तिक २९ बुधबार ।
प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनमा मात्र  भक्तजनका लागि खुला गरिने काठमाडौँको रानीपोखरी बीचमा रहेको प्रसिद्ध  बालगोपालेश्वर मन्दिर आज बिहानैदेखि खुल्ला गरिएको छ ।

भाइटीकाका अवसरमा आज बिहानैदेखि मन्दिर खोल्न सबै तयारी पूरा गरेर भक्तजनका लागि खुल्ला गरिएको भएको काठमाडौँ महानगरपालिकाले जनाएको छ । वर्षमा एक दिन भाइटीकाका दिनमात्र खुल्ने भएकाले त्यसका लागि सबै तयारी गरिएको र भक्तजनले बिहानदेखि बेलुकीसम्म पूजा आराधना एवं दर्शन गर्न पाउने काठमाडौँ  महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । 

  भाइटीकाका अवसरमा दाजुभाइ नहुने दिदीबहिनी र दिदीबहिनी नहुने दाजुभाइ रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिरमा आई पूजा आराधना गरेर टीका लगाउने गर्दछन् ।२०७२ सालको भूकम्पले मन्दिर भकिएपछि बन्द भएकोमा पुनः निमाण पछि अहिले आज भाईटिकाको दिनमा मन्दिर खुल्ला गरिएको हो।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button