प्रहार समाचार | ललितपुर, कार्तिक २८ मंगलबार । मंगलबार साँझ ललितपुरमा भएको मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। गोदावरी नगरपालिका वडा नम्बर १०, तखेल चोकमा मंगलबार साँझ बा ६० प ५१९५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो।
सडक छेउमा रहेको रूखमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा करिब २४ वर्षीय राम माझी र २५ वर्षीय विजय माझी छन्।
दुरंधटनामा परि मृत्यू हुने दुवै सिन्धुलीको मरिण गाउँपालिकाका रहेको र दुर्घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।उनीहरूलाई उपचारका निम्ति तत्काल पाटन अस्पताल लगिएकोमा त्यहीँ निधन भएको प्रहरीले जनाएको छ।























Thank you everyone for your support