प्रहार समाचार । काठमाडौँ, कार्तिक २८ मंगलबार ।
प्रहरीले ठूलो सङ्ख्यामा तिहारको मौका छोपी जुवा तास खेल्ने जुवाडेहरूलाई पक्राउ गरेको छ । काठमाडौं, शंखरापुर नगरपालिका-१ नाङ्लेभारे बस्ने ५० वर्षीय विनानाथ दंगालको टहरामा जुवातास खेलिरहेको अवस्थामा दंगाल समेत ८ जनालाई गएराति प्रहरीले पक्राउ गरेको थियो। प्रहरी चौकी नाङ्लेभारेबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ७६ हजार ८ सय ३५ रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।
यसैगरी नाङ्लेभारेस्थित शिव मन्दिरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१ ढुङ्गाना गाउँ बस्ने ४२ वर्षीय मधु रमालसमेत ९ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । सोही चौकीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४० हजार ८ सय ५५ रुपैया र १ बुक ताससहित पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ५८ हजार ६ सय ९४ रूपैयाँ र तास २०८ पत्तीसहित पक्राउ गरेको हो । यसैगरी सोही नगरपालिका-१६ मझगाउँस्थित मनोज धानुकको मनोज रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१४ बस्ने ३८ वर्षीय दिनेश खत्री लगायत ६ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
कञ्चनपुर, भिमदत्त नगरपालिका-१७ बाँसखेडा बस्ने भिम बहादुर ठगुन्नाको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१८ बस्ने ४० वर्षीय ईन्द्र पाठक समेत २८ जनालाई मंगलबार ब प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले नगद २५ हजार ४ सय ६० रूपैयाँ र तास गड्डी ५ थान सहित पक्राउ गरेको हो । यसैगरी कञ्चनपुर, बेलौरी नगरपालिका-६ दुम्लीस्थित गजेन्द्र रानाको गोठमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३६ वर्षीय राम बहादुर राना समेत ८ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । जस अनुसार प्रहरीले काठमाडौं बाट १७ जना, कञ्चनपुरबाट ४२ जना, सिन्धुलीबाट ४ जना, डडेलधुराबाट १३ जना, दार्चुलाबाट ७ जना र संखुवासभाबाट ७ जना लाई पक्राउ गरेको जनाएको छ ।























Thank you for your support