प्रहार समाचार । काठमाडौं, कार्तिक २८ मंगलबार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाजमा विकृति, विसङ्गति , अराजकता तथा पारिवारिक एकतामा खलबल पुगेकाले सामाजिक सञ्जाल टिकटक बन्द गरिएको स्पष्ट पारेका छन् ।
” सामाजिक सद्भाव र पारिवारिक एकता खलबल हुनबाट बचाउन टिकटकमा प्रतिबन्ध लगाउनुपरेको हो” प्रधानमन्त्री दाहालले भने ।
भक्तपुरमा नेपाल संवत ११४४ का अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अन्तर्राष्ट्रियस्तरमा सबैभन्दा लोकतन्त्रिक र विकसित देशले कस्तो मान्यता अपनाएका छन् भन्ने कुराको अध्ययन गरेर टिकटक बन्द गरेको प्रष्ट्याए । सरकारको सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।
टिकटक बन्दभएसंगै देशभर विभिन्न टिकाटिपणी सुरु भएको छ। एकथरिले टिकटक बन्द गराउनु लाई राम्रो मानेका छन् भने अर्का थरिले भने सरकारले नागरिक स्वतन्त्रता माथि अंकुश लगाएको भन्दै प्रतिबन्ध लगाउन नहुने बताएका छन्।























thank you everyone for your support