हेडलाईनसमाचारबागमतीमनोरञ्जन

न्हु दया भिन्तुना : बालेन शाह

प्रहार समाचार | काठमाडौँ, कार्तिक २८ मंगलबार ।
काठमाडौँ महानगरका मेयर बालेन्द्र साह बालेनले नेपाल संवत् ११४४ को शुभकामना दिएका छन्। सामाजिक संञ्जाल फेसबुकको आफ्नो आधिकारिक पेज मार्फत मेयार बालेले शुभकामना दिँदै लेखेका छन्  “नेपालले स्वतन्त्र देशको रुपमा संयुक्त राष्ट्र संघमा आवेदन गर्दा धेरै देशले यो भारतको एक प्रान्त ठान्दथे । किनभने मुद्रा, भाषा, लिपि, सम्बत् नेपाल र भारतका एकै थिए ।

त्यसैले त्यसबेला भारत र सोभियत संघले नेपालले संयुक्त राष्ट्र संघमा सदस्यता हासिल गर्नमा अवरोध गरे । हुन पनि कुनै अलग देश बन्नलाई चाहिने अलग भाषा, संस्कृति, लिपि, सम्बत् आदि तत्कालीन नेपालले देखाउन सकेन । पछि काठमाडौं उपत्यकाका रैथाने नेपाल भाषा, रञ्जना लिपि तथा नेपाल सम्वत् लाई नेपालको मौलिक विशेषता मानेर सोही आधारमा संयुक्त राष्ट्रमा आवेदन दिएपछि मात्र नेपालले संयुक्त राष्ट्र संघको सदस्यता पाएको थियो ।

  आज सोही नेपाल सम्वत् ११४४,  सम्पुर्ण नेपालीहरुलाई ११४४ नया बर्षको हार्दिक मङलमय  शुभकामना । न्हु दया भिन्तुना।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button