हेडलाईनसमाचारप्रदेश

सरकारी कागजातमा नेपाल संवत उल्लेख गरिने

प्रदार समाचार । काठमाडौँ, कार्तिक २७ सोमबार ।
मन्त्रिपरिषद्को बसेको बैठकले मंगलबारदेखि सबै सरकारी कागजातमा नेपापल सम्वत् उल्लेख गर्ने निर्णय गरेको छ ।

सोमबार सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारकी प्रवक्ता  रेखा शर्माले कात्तिक २८ गते मंगलबारदेखि शुरु हुने नेपाल संवत् ११४४ को उपलक्ष्यमा सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्दै नेपाल संवत् ११४४ देखि विक्रम संवत् उल्लेख गरिने सरकारी कागजातमा नेपाल संवत्समेत उल्लेख गर्ने निर्णय गरेको जानकारी दिइन् ।

नेपाल संवत् नेपालको आफ्नै मौलिक संवत् भएकाले यसलाई सरकारी प्रयोजनमा ल्याउनुपर्ने माग हुँदै आएको थियो । त्यही मागलाई सम्बोधन गर्दै सरकारले मंगलबारदेखि विक्रम संवत् लेखिने सबै कागजातमा पनि नेपाल संवत् राख्ने निर्णय गरेको हो ।



 

Show More

Related Articles

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button